फलोअप: रसियन नागरिक भेनीले हेलमेट बिना कुदाएका थिए ‘बेनेली’
मोटरसाइकल काठमाडौंका सौगात सामबाँनियाको नाममा दर्ता
पाेखरा | असार २०, २०८१
PHOTO: LAL PRASAD SHARMA
कास्की: पोखराको नागढुंगामा एकाबिहानै बेनेली मोटरसाइकल दुर्घटनामा हुँदा गम्भीर घाइते भएका युवक रसियन नागरिक रहेको खुलेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार घाइते हुनेमा २६ वर्षीय रसियन नागरिक पिड्नेड भेनी रहेका छन् ।
उनको अहिले फेवासिटी अस्पतालमा (आइसियु कक्षमा) उपचार भइरहेको इन्सेक्टर शर्माले जानकारी दिए । ‘पर्यटक प्रहरीको समन्वयमा रसियन नागरिक भएको खुल्न आएको छ, इन्सपेक्टर शर्माले सुनगाभा न्यूजसँग भने, ‘फेवासिटीको आइसियुमा उपचार भइरहेको छ । बिहान गम्भीर भनिएपनि अहिले खतरामुक्त (मध्यम अवस्था) भन्ने खबर छ ।’
प्रहरीलाई अस्पतालबाट प्राप्त जानकारी अनुसार भेनीको टाउकोमा रगत जमेको छ ।
यो पनि पढ्नुहोस
घाइते भेनी पुरै होसमा आएपछि मात्रै घटनाको बास्तविकता खुल्ने इन्सपेक्टर शर्माले बताए ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले बिना हेलमेट मोटरसाइकल चलाएको बताइएको छ । ‘प्रारम्भिक अनुसन्धानको क्रममा हेलमेट नलगाएको बैदाम प्रहरीले देखेपछि भागेको भन्ने बुझिएको छ, उनले भने, ‘त्योसँगै अन्य कुराहरुपनि सेवन गरे कि भन्ने कुरा छ । त्यसको मेडिकल रिपोर्ट आउँन बाँकी छ ।’
इन्सपेक्टर शमाले उक्त मोटरसाइकल भाडामा प्रयोग गरिएको हुन सक्ने संकेत गरे ।
उनका अनुसार सो मोटरसाइकल काठमाडौं महानगरपालिका ४ बालुवाटारका सौगात सामबाँनियाको नाममा दर्ता छ ।
‘मोटरसाइकल भाडामै चलाएको जस्तो देखिएको छ । बागमतीको नम्बर प्लेट भएकाले उता समन्वय गर्दा सौगात सामबाँनियाको नाममा दर्ता देखिएको छ, उनले भने, ‘अहिलेसम्म सवारी धनि भने सम्पर्कमा आउनुभएको छैन ।’
बिहान नागढुङ्गामा बा ९० प ५८३९ नम्बरको बेनेली मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

